‘परालको आगो’ टिजरले सामाजिक सञ्जालमा करोड भ्युज पार गर्‍यो, टिकटक र फेसबुकमा ट्रेन्डिंग

0 Shares

सुशील पोखरेलको फिल्म ‘परालको आगो’को टिजरले सामाजिक सञ्जालमा निकै चर्चा बटुल्दै कुल करोडभन्दा बढी भ्युज पार गरेको छ। ओएसआरको टिकटकमा ६० लाख देउराली फ्यान क्लबको रिल्समा ४० लाखभन्दा बढी भ्युज बटुलेको निर्माता पोखरेलले जानकारी दिएका छन्।

निर्माता पोखरेलले भने, “हामी यति ठूलो माया पाउँदा उत्साहित छौँ। टिकटकस्टारहरूले फिल्मका संवादमा अभिनय गरेपछि टिजरको प्रचार झनै तीव्र भएको छ।”

टिजरमा प्रकाश सपुत सुहाना थापाको संवादमा आधारित टिकटक फेसबुक रिल्सले दर्शकलाई फिल्मको कथा पात्रसँग जोडेको छ। फिल्ममा सौगात मल्ल, सिर्जना अधिकारी, किशोर भण्डारी, ज्याक श्रेष्ठ, सरिता भण्डारी, रेणु न्यौपाने, बाल कलाकार मञ्जिला बानियाँ लगायतको अभिनय रहेको छ।

हरि सिने मेकर्स प्रा.लि.को ब्यानरमा निर्माण भएको फिल्मको निर्देशन लक्ष्मण सुनार, पटकथा संवाद सुशील देवकोटा, छायांकन संकल्प भुजेल, सम्पादन मिलन श्रेष्ठ, रंग संयोजन कनाल कँवर, नृत्य निर्देशन रामजी लामिछाने, भिएफएक्स समिर मिया सत्यम राना, मिक्सिङ मुकेश शाहले गरेका छन्।

फिल्मको पाश्र्व संगीत किरण तुलाधर, संगीत शान्ति ठटाल, सत्य–स्वरुप आचार्य, प्रकाश सपुत, गीतका शब्द मनबहादुर मुखिया, सुरेन्द्र राना, प्रकाश सपुत रहेको छ। कला निर्देशन प्रतिक चौधरी, मुख्य सहायक निर्देशक करण बहादुर साउदले गरेका छन्।

फिल्म आरआर फिल्म्सले नेपालभर वितरण गर्नेछ भने डिजिटल अधिकार ओएसआरले लिएको छ। फिल्म बैशाख ११ बाट प्रदर्शनमा आउने छ।

सम्बन्धित समाचार

सबै