ओस्करमा सर्वश्रेष्ठ अभिनेताको अवार्ड जितेपछि के खाए माइकल जोर्डनले (हेर्नुस् भिडियो)

0 Shares

 हलिउड अभिनेता माइकल बि. जोर्डन ले सन् २०२६ को ओस्कर अवार्डमा सर्वश्रेष्ठ अभिनेता (Best Actor) को ओस्कार जितेपछि देखाएको साधारण व्यवहार अहिले सामाजिक सञ्जालमा निकै चर्चित बनेको छ।

फिल्म सिनर्स’ का लागि सर्वश्रेष्ठ अभिनेता घोषित भएका जोर्डनले पुरस्कार जितेपछि कुनै भव्य पार्टी वा औपचारिक कार्यक्रममा भन्दा पनि साथीहरूसँग बर्गर खान बाहिर निस्किएको भिडियो सार्वजनिक भएको हो। उक्त भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि धेरै प्रयोगकर्ताले यसलाई “सबैभन्दा वास्तविक क्षण” भन्दै प्रतिक्रिया दिएका छन्।

ओस्कार जितेपछि पनि जोर्डनले साधारण रूपमा बर्गर खान गएको दृश्यले धेरैलाई प्रभावित बनाएको छ। सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले यस्तो व्यवहारले उनलाई झन् “डाउन टु अर्थ” कलाकारको रूपमा देखाएको भन्दै प्रशंसा गरेका छन्।

हलिउडका ठूला समारोहपछि प्रायः सेलिब्रिटीहरू भव्य पार्टी समारोहमा सहभागी हुने चलन रहे पनि जोर्डनको यो सरल क्षणले दर्शक प्रशंसकलाई फरक अनुभव दिएको टिप्पणी भइरहेको छ।

ओस्कार जितेपछि बर्गर खान गएको यो क्षणलाई धेरैले ओस्कार रातको सबैभन्दा वास्तविक रमाइलो पल” भन्दै सामाजिक सञ्जालमा व्यापक रूपमा सेयर गरिरहेका छन्।

 

 

सम्बन्धित समाचार

सबै