राष्ट्रिय पुरस्कारमा ‘बुलाकी’को बाजी, विपिन र स्वस्तिमा बने उत्कृष्ट

0 Shares

बुधबार राष्ट्रपति भवन शितल निवासमा आयोजित ‘राष्ट्रिय चलचित्र पुरस्कार तथा सम्मान समारोह २०८०’मा ‘बुलाकी’ सिनेमा सर्वोत्कृष्ट भएको छ। उता निर्देशन तर्फ भने ‘दिमाग खराब’बाट निश्चल बस्नेतले बाजी मारे ।

यस्तै यता ‘प्रसाद २’ बाट विपिन कार्कीले सर्वोत्कष्ट अभिनेता हुँदा ‘दिमाग खराब’बाट स्वस्तिमा खड्काले सर्वोत्कष्ट अभिनेत्रीको अवार्ड आफ्नो पक्षमा पारिन ।

यस्ते सर्वोत्कृष्ट लेखनतर्फको पुरस्कार भने ‘बुलाकी’का राज बहादुर सानेले हात पारे ।

उक्त कार्यक्रममा सिनेमा क्षेत्रमा कार्यरत विभिन्न सिनेमाकर्मी र वर्ष २०८० मा प्रदर्शनमा आएका सिनेमालाई नगदसहित अवार्ड समेत प्रदान गरियो ।

कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलले अवार्ड विजेता सिनेमा र लामो समयदेखि नेपाली सिनेमामा काम गरिरहेका सिनेमाकर्मीलाई पुरस्कार तथा सम्मान प्रदान गरे  भने सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले जुरी लगायतलाई प्रमाणपत्र प्रदान गरेका थिए ।

राष्ट्रिय चलचित्र पुरस्कार जित्ने सबै फिल्मले २५/२५ हजार रुपैयाँसहित ट्रफी र प्रमाणपत्र प्राप्त गरे ।

त्यसैगरी लक्ष्मण सुवेदी निर्देशित फिल्म ‘सतीदेवी’ नेपाली भाषातर्फ विशेष फिल्म घोषित भयो । लिम्बु भाषाको ‘सुगुप’ र गुरुङ भाषाको ‘मार्तली’ पनि विशेष चलचित्र घोषित भए ।

राष्ट्रिय फिल्मको जुरीमा यसपटक बद्री अधिकारी संयोजक र सदस्यमा रविचन्द्र अधिकारी, सुशिल पोखरेल, सोमप्रसाद खतिवडा, गौरीशंकर धुजु, सबनम मुखिया र दीपा पाण्डे बस्नेत थिए ।

राष्ट्रिय चलचित्र अवार्ड २०८० विजेताहरु:

उत्कृष्ट चलचित्र: बुलाकी

उत्कृष्ट अभिनेता: बिपिन कार्की (प्रसाद २)

उत्कृष्ट अभिनेत्री: स्वस्तिमा खड्का (दिमाग खराब)

उत्कृष्ट निर्देशक: निश्चल बस्नेत (दिमाग खराब)

उत्कृष्ट सम्पादक: मित्र डी गुरुङ (महाजात्रा)

उत्कृष्ट छायाकार: शिव ढकाल (बुलाकी)

उत्कृष्ट लेखन: राजबहादुर साने (बुलाकी)

उत्कृष्ट आदिवासी मातृभाषी चलचित्र: लोजिमा (लिम्बु भाषा)

 

निर्णायक समिति प्रोत्साहन पुरस्कार:

अभिनेत्री- स्वस्तिमा कार्की (टुल्की)

व्यावसायिक चलचित्र- जारी (वि.सं. २०८०)

 

विशेष योगदान सम्म्मान:

तैयव शाह – कलाकार

कृष्ण प्रसाद रायमाझी – प्रदर्शक

नारायण प्रधान – द्वन्द्व निर्देशक

विद्या कार्की – कलाकार

नरेन्द्र महर्जन – प्रदर्शक

नन्द किशोर प्रसाद श्रीवास्तव – कलाकार/निर्माता

भोज बहादुर गुरुङ – निर्देशक /निर्माता

अमुल कार्की ढली – संगीत संयोजक

ध्रुब कुमार श्रेष्ठ – प्रदर्शक

बुद्धि तामांग – कलाकार

सबिता गुरुङ – कलाकार

 

विशेष चलचित्र पुरस्कार:

सतीदेवी, सुगुप (लिम्बु भाषा), मार्कली (गुरुङ भाषा)

 

चलचित्र दीर्घ साधना सम्मान:

चैत्यदेवी सिंह (नेपालको पहिलो चलचित्र ‘आमा’की अभिनेत्री)

सम्बन्धित समाचार

सबै