‘हुम्लाको लिमी’ गीत सार्वजनिक, यस्तो देखियो विराज–खुशीको रोमान्टिक केमेस्ट्री

0 Shares

फिल्म ‘राम नाम सत्य’को नयाँ गीत ‘हुम्लाको लिमी’ सार्वजनिक भएको छ। यसअघि सार्वजनिक ‘धागोले बाटेको’ गीतले युट्युबमा ४० लाखभन्दा बढी भ्यूज बटुलेर चर्चा कमाइरहेको बेला निर्माण टिमले अर्को गीत दर्शकमाझ ल्याएको हो।

ओएसआर डिजिटलमार्फत सार्वजनिक गरिएको यस गीतमा एसडी योगी र गीताञ्जली थापा मगरको स्वर रहेको छ। गीतमा एसडी योगीकै संगीत र मौसम अर्यालको शब्द रहेको छ। रोमान्टिक शैलीको गीतलाई सियोन श्रेष्ठले कोरियोग्राफी गरेका छन्।

गीतको भिडियोमा फिल्मका मुख्य नायक विराज भट्ट र नव–नायिका खुशी कार्कीको आकर्षक नृत्य देख्न सकिन्छ। दैलेखमा छायांकन गरिएको गीतमा उनीहरूको रोमान्टिक केमेस्ट्रीलाई विशेष रूपमा प्रस्तुत गरिएको छ।

माइकल इन्टरटेन्मेन्टको प्रस्तुति रहेको फिल्म ‘राम नाम सत्य’को कथा, पटकथा तथा निर्देशन माइकल चन्दले गरेका हुन्। उपेन्द्र शाही र स्वेता बिमलीको लगानी रहेको फिल्ममा किशोर भट्ट, राजेन्द्र भट्ट र अर्जुन सुनार कार्यकारी निर्माताको रूपमा छन्।

फिल्ममा बाबुल गिरी, अर्जुन पोखरेल, एसडी योगी र ओम स्पार्कको संगीत रहेको छ भने मानकृष्ण महर्जन डीओपी, श्री श्रेष्ठ एक्सन निर्देशक र बन्दे प्रसाद सम्पादक हुन्। मोती कार्की क्रियटिभ प्रोड्यूसर तथा राजेन्द्र आचार्य लाइन प्रोड्यूसर रहेका छन्।

विराज भट्ट, सुनिल थापा, सुशिल श्रेष्ठ, प्रशान्त ताम्राकार, सुपुष्पा भट्ट, दिव्या रायमाझी, आयुष सिंह ठकुरी र खुशी कार्की लगायतका कलाकारको अभिनय रहेको फिल्म लभस्टोरी, सस्पेन्स, पारिवारिक र एक्सन जनरामा निर्माण भएको हो।

यसअघि सार्वजनिक टिजरले पनि सामाजिक सञ्जालमा राम्रो प्रतिक्रिया पाइरहेको छ। निर्माण टिमले फिल्मले बक्स अफिसमा दर्शकको मन जित्ने विश्वास व्यक्त गरेको छ।

सम्बन्धित समाचार

सबै