0
Shares
काठमाडौं — अमेरिकाको अदालतले इलन मस्कलाई सन् २०२२ मा ट्विटर खरिद गर्दा कम्पनीका शेयरधनीलाई गलत जानकारी दिएको ठहर गरेको छ।
अदालतलेका अनुसार मस्कले ट्विटरमा स्प्याम वा नकली खाताको संख्या कम देखाएर शेयरधनीलाई भ्रममा पारेका थिए। यस कारण कम्पनीको सेयरको मूल्य घटेको थियो र शेयरधनीले नोक्सान बेहोरे।
जुरीले केही ट्वीट र सार्वजनिक बयानलाई गलत सूचना मान्दै मस्क दोषी ठहर गरेको छ। तर, मस्कले पुरै योजना बनाएर धोका दिएको भने ठहर गरिएको छैन।
शेयरधनीको नोक्सानको प्रारम्भिक अनुमान करिब २.५–२.६ अर्ब डलर रहेको बताइएको छ।
मस्कको कानुनी टिमले यस फैसला विरुद्ध अपील गर्ने तयारी गरिरहेको छ।
यो निर्णयले भविष्यमा ठूलो कम्पनी खरिद गर्दा शेयरधनीको हक र सुरक्षामा ध्यान दिनुपर्ने संकेत दिएको छ।