काठमाडौं — भारतीय युट्युब इन्फ्लुएन्सरध्रुव राठीले आदित्य धर निर्देशित चलचित्र ‘धुरन्धर २: द रिभेन्ज’ लाई तीखो आलोचना गर्दै “ब्रेन रट (दिमाग भाँड्ने फिल्म)” फिल्मको रूपमा उल्लेख गरेका छन्। उनले यसलाई प्रोप्यागान्डा मात्र भएको र सिर्जनात्मक सिनेमाको सट्टा अन्य लक्ष्य राखेर बनाइएको टिप्पणी गरेका छन्।
राठीले आफ्नो सामाजिक सञ्जाल पोस्टमा लेखेका छन्, “के ₹५०० ‘प्रोप्यागान्डा फिल्म’का लागि खर्च गर्ने, या आफ्नो भविष्यका लागि?” जस्ता कडा शब्द प्रयोग गर्दै फिल्मप्रतिको असन्तुष्टि व्यक्त गरेका छन्।
यो पहिलोपटक होइन जब राठीले ‘धुरन्धर’ श्रृंखलालाई आलोचना गरेका छन्। उनी यता पहिलेदेखि नै यस फिल्मलाई राजनीतिक सन्देश र एकतराफा कथा प्रस्तुत गरेको आरोप लगाउँदै आएका थिए।
तर फिल्मले बॉक्स अफिसमा प्रभावशाली प्रदर्शन गरिरहेको छ र प्रशंसकले पनि यसको कथा, एक्शन र प्रदर्शनलाई मनपराइरहेको देखिन्छ। यसबीच राठीको आलोचनाले सामाजिक सञ्जालमा प्रचण्ड बहस पनि सिर्जना गरेको छ—जहाँ केहीले उनलाई समर्थन गरेका छन् भने धेरैले उनको धारणा बिरुद्ध प्रतिक्रिया दिएका छन्।
फिल्मका समर्थकहरूका अनुसार, ‘धुरन्धर २’लाई केवल प्रचारको रूपमा हेर्नु अनुचित भएको र यसले मनोरञ्जन र सिनेमाटिक अनुभव दुवै प्रदान गरेको तर्क प्रस्तुत गरेका छन्।