‘हामी तीन भाइ’को नयाँ गीत ‘झम्के फुली नाकको फुली’

0 Shares

 आगामी चैत १३ गते प्रदर्शनमा आउने नेपाली फिल्म ‘हामी तीन भाइ’ को प्रचार-प्रसार तीब्र पारिएको छ।

निर्माण पक्षले पोस्टर, टिजर र अब नयाँ गीत ‘झम्के फुली नाकको फुली, कानमा झुम्का लाउ है ठुली’ सार्वजनिक गरेको छ। शुक्रबार ओएसआर युट्युब च्यानलमार्फत रिलिज गरिएको यस गीतले दर्शक तथा स्रोतालाई निकै मन परेको छ।

लोकलयमा आधारित गीतमा साप शक्ति र अस्मिता अधिकारीले स्वर भरेका छन्। संगीत साप शक्तिले नै दिएका हुन् भने शब्द सुवलमणि सापकोटाका छन्। गीतको संगीत संयोजन (एरेन्ज) महाराज थापाले गरेका छन्। गीत र भिडियोमा नेपाली ग्रामीण परिवेश र स्थानीय स्वाद झल्किएको छ।

यस गीतमा फिल्मका मुख्य कलाकार फलित राई, जाहान्वी बस्नेत, कुशल बिष्ट र आश्मा गिरीले छमछमी नृत्य देखाएका छन्। उनीहरूको नृत्यले दर्शकलाई मोहित बनाएको छ।

फिल्म प्रसिद्धि सिने आट्र्स प्रालिको ब्यानरमा निर्माण भएको हो। निर्देशक मधुसूदन भट्टराईले कमेडी तथा सामाजिक कथामा आधारित यो फिल्म तयार पारेका हुन्। मुख्य तीन कलाकार विनोद न्यौपाने, कुशल बिष्ट, फलित राईका वरिपरि फिल्मको कथा घुमेको छ।

फिल्ममा लक्ष्मी वर्देवा, आश्मा गिरी, राजाराम पौडेल, रविन्द्र झा, बिष्णु सापकोटा, विकास चापागाइँ, शुष्मा निरौला, यादव देवकोटा, अन्जु हमाल, तारा शर्मा, पवन केसी लगायत थुप्रै कलाकारको अभिनय रहेको छ।

निर्माण पक्षमा त्रिरत्न श्रेष्ठ र मनोज श्रेष्ठ निर्माता, कार्यकारी निर्माता विक्रम तामाङ, सह-निर्माता भक्तलाल श्रेष्ठ, प्रतिमा थापा पोखरेल, दुर्गालक्ष्मी पाण्डे, विशेष सहयोगी शम्भु कुमार केसी रहेका छन्।

फिल्मको पटकथा तथा संवाद शिवम् अधिकारीले लेखेका हुन् भने शिव ढकालले छायाँकन, बनिश शाहले सम्पादन गरेका छन्। नृत्य कमल राई र इन्द्र देव महर्जन, पाश्र्वसंगीत सम्राट थापा, ध्वनी मिश्रण मुकेश शाह, रंग संयोजन रेनिश फागोले गरेका छन्।

सम्बन्धित समाचार

सबै