निखिल र वर्षाको ‘कस्तुरी’को छायांकन सकियो, गाउँका दृश्य र गीत भने बाँकी

0 Shares

काठमाडौँ — अभिनेता निखिल उप्रेती र वर्षा सिवाकोटीको मुख्य भुमिका रहने नयाँ फिल्म ‘कस्तुरी’ को अधिकांश छायांकन सम्पन्न भएको छ। निर्देशक ऋत बोहोराका अनुसार फिल्मको गाउँका केही दृश्य र गीत बाहेक सम्पूर्ण शूटिङ लगभग ३५ दिनमा पूरा गरिएको छ।

बोहोरा भन्छन्, “हामीले छायांकन सुरु गरेको ३५ दिनमै करिब सबै दृश्यहरू सुटिङ सक्यौँ। गीत र गाउँका केही दृश्य मात्रै बाँकी रहेका छन्। बाँकी सबै काम कम्प्लीट भइसकेको छ।”

यो फिल्म मुख्यत: रहस्य, सस्पेन्स र अपराधका गहिरा तहहरूलाई उजागर गर्ने कथामा आधारित छ। विशेष रूपमा यस फिल्मबाट निखिल उप्रेती र वर्षा सिवाकोटीले पहिलो पटक स्क्रिन सेयर गरेका हुन्।

फिल्ममा निखिल र वर्षासँगै शेखर चापागाईं, निर्मल शर्मा, नीशा अधिकारी, अर्जुन गुरुङ, भोलाराज सापकोटा, सबी थापा, प्रशान्त केसी, सन्तोष बानियाँ, सुवास बंञ्जन, मीरा पण्डित, घनश्याम जोशी, श्रेया श्रेष्ठ, प्रतिष्ठा थापा, नेहा गौतमको अभिनय छ। विशेष भुमिकामा गौरव पहारी र हेना नगरकोटी देखिनेछन्।

फिल्म **टेन इन्टरटेनमेन्ट प्रा.लि.**को ब्यानरमा निर्माण भएको हो। निर्देशक ऋत बोहोराले नै पटकथा लेखेका छन् भने निर्माता धिरज कुमार अग्रवाल हुन्। को–प्रोड्युसरमा अञ्जली चौधरी, प्रमुख सह–निर्देशकमा ललित बिष्ट, छायाँकनमा आलोक शुक्ला, संगीतमा प्रशान्त शिवाकोटी, र निर्माण व्यवस्थापनमा दिलीप पन्त रहेको छ।

निर्देशक बोहोरा भन्छन् कि प्रदर्शन मिति केहि दिनपछि सार्वजनिक गरिनेछ। निर्माण टिमले अधिकांश छायांकन सकेता पनि प्रदर्शन मिति अहिलेसम्म घोषणा गरिएको छैन।

सम्बन्धित समाचार

सबै