‘गदर–२’लाई उछिन्यो ‘धुरन्धर-२’ले , यो साता ६ सय करोड पार गर्दै ‘पठान’ र ‘एनिमल’लाई पछार्ने

0 Shares

भारतीय मिडिया रिपोर्टअनुसार अभिनेता रणवीर सिंह अभिनीत फिल्म ‘धुरन्धर–२’ ले प्रदर्शनको ६ दिनमै बक्स अफिसमा ठूलो उछाल देखाएको छ। फिल्मले हालसम्म करिब ५५० करोड भारु आसपासको कलेक्सन गरेको दाबी गरिएको छ।

निर्देशक आदित्य धर निर्देशित यो फिल्मले सुरुवाती दिनदेखि नै बलियो ओपनिङ गर्दै निरन्तर कमाइमा वृद्धि गरिरहेको बताइएको छ। रिपोर्टमा फिल्मले ‘पठान’, ‘गदर–२’ र ‘एनिमल’ जस्ता ब्लकबस्टरहरूको कमाइसँग तुलना गर्न थालिएको छ। हाल ‘गदर-२’लाई कमाइमा उछिनेको ‘धुरन्धर-२’ले यो साता ‘पठान’ र ‘एनिमल’लाई पछार्ने अनुमान गरिएको छ ।

फिल्मको अघिल्लो सिक्वलले ८९५ करोड भारुको व्यापार गरेको थियो ।

विश्लेषकहरूका अनुसार फिल्मको वर्ड अफ माउथ बलियो भएकाले दोस्रो हप्तामा समेत कमाइ अझ बढ्ने अनुमान गरिएको छ। यद्यपि आधिकारिक निर्माताबाट अन्तिम बक्स अफिस तथ्यांक सार्वजनिक भइसकेको छैन।

सम्बन्धित समाचार

सबै