डिभोर्सको ६ वर्षपछि बादशाहले फेरि विवाह गरेका हुन् ?

0 Shares

भारतीय र्‍यापर तथा गायकबादशाह फेरि विवाह बन्धनमा बाँधिएको दाबीसहित सामाजिक सञ्जालमा चर्चा चुलिएको छ। उनले अभिनेत्री तथा मोडेल ईषा ऋषिसँग विवाह गरेको  भिडियो अनलाइन भाइरल भएको छ।

भारतीय मिडिया र सामाजिक सञ्जाल प्रयोगकर्ताहरूका अनुसार उक्त भिडियोमा विवाह समारोहजस्तो दृश्य देखिन्छ, जसपछि दुवैबीच विवाह भएको अनुमान गरिएको छ। तर यस विषयमा दुवै पक्षबाट आधिकारिक पुष्टि भने आएको छैन।

यसअघि बादशाहको सम्बन्ध र व्यक्तिगत जीवनलाई लिएर विभिन्न चर्चा हुँदै आएको थियो। उनी पूर्व पत्नी जस्सँमिन मसिहसँग सम्बन्ध विच्छेदपछि पुनः निजी जीवनका कारण पटक–पटक मिडियामा आएका थिए।

ईशा रिखीकी आमा पुनम रिखीले सामाजिक सञ्जालमा तस्बिरहरू सार्वजनिक गरेपछि यो विषय झन् चर्चामा आएको हो।

मंगलबार इन्स्टाग्राममार्फत सार्वजनिक गरिएका तस्बिरहरूमा बादशाह र ईशा परम्परागत विवाह संस्कारमा सहभागी भएको देखिन्छ। दुवै जना परिवारका सदस्यहरूको उपस्थितिमा विवाह विधि पूरा गरिरहेको दृश्यले उनीहरूको सम्बन्धबारेको अड्कललाई बल दिएको छ।

सार्वजनिक भिडियो क्लिपहरूमा दुवै जना परम्परागत पहिरनमा देखिएका छन्, जहाँ उनीहरूले वरमाला साटासाट गरिरहेको र नजिकका आफन्त तथा साथीहरूको उपस्थितिमा विवाह समारोह सम्पन्न गरिरहेको झल्को पाइन्छ।

पूनम रिखीले ती तस्बिरहरू साझा गर्दै भगवानले आशिर्वाद दिउन भनने क्याप्सन लेखेकी छन्, जसले विवाह भएको संकेत थप स्पष्ट पारेको चर्चा भइरहेको छ।

यद्यपि, बादशाह र ईशा रिखीबाट भने औपचारिक रूपमा विवाह पुष्टि गरिएको छैन।

सम्बन्धित समाचार

सबै