काठमाडौँ । मधुसुदन भट्टराई निर्देशित फिल्म ‘हामी तीन भाइ’को अग्रिम टिकट बुकिङ देशभरका हलमा खुला गरिएको छ। यही चैत १३ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्मको बुकिङ शुक्रबारबाट सुरु गरिएको हो।
चलचित्र केन्द्रिय जाँचपास समिति (सेन्सर बोर्ड)बाट युनिभर्सल सर्टिफिकेट प्राप्त गरिसकेको यस फिल्मलाई सबै उमेर समूहका दर्शकले हेर्न पाउनेछन्।
फिल्ममा विनोद न्यौपाने, लक्ष्मी वर्देवा, कुशल बिष्ट, आश्मा गिरी, जाहन्वी बस्नेत, फलित राई, राजाराम पौडेल, रविन्द्र झा, विष्णु सापकोटा (हर्के हल्दार), विकास चापागाइँ, शुष्मा निरौला, यादव देवकोटा (सरापे), अन्जु हमाल, तारा शर्मा, पवन केसी, रमा बिष्ट, विरेन श्रेष्ठ, शुष्मा जिम्बा, खिन्न बहादुर भण्डारी (भोले), गोविन्द प्रसाद पौडेल, भूमिका गिरी, टेकराज पौडेल र अमृतमान महर्जन लगायतको अभिनय रहेको छ।
प्रसिद्धि सिने आर्ट्स प्रा.लि.को ब्यानरमा निर्माण भएको फिल्मका निर्माता त्रिरन्त श्रेष्ठ र मनोज श्रेष्ठ हुन्। कमेडी तथा सामाजिक कथामा आधारित फिल्मले तीन दाजुभाइबीचको सम्बन्ध र उनीहरूबीचको मनमुटावलाई रोचक शैलीमा प्रस्तुत गर्ने बताइएको छ।
फिल्मका कार्यकारी निर्माता विक्रम तामाङ हुन् भने सह–निर्मातामा भक्तलाल श्रेष्ठ, प्रतिमा थापा पोखरेल र दुर्गालक्ष्मी पाण्डे रहेका छन्। विशेष सहयोगी शम्भु कुमार केसी छन्।
फिल्मको पटकथा तथा संवाद शिवम् अधिकारीले लेखेका हुन्। छायांकन शिव ढकाल, सम्पादन बनिश शाह, संगीत साप शक्ति र बाबुल गिरीको रहेको छ।
त्यस्तै, नृत्य निर्देशन कमल राई र इन्द्र देव महर्जनले गरेका छन्। पाश्र्व संगीत सम्राट थापा, ध्वनि मिश्रण मुकेश शाह र रंग संयोजन रेनिश फागोले गरेका छन्।
मुख्य सहायक निर्देशन रामजी राउत र ज्ञानकुमार कट्टेलले गरेका छन्। द्वन्द्व निर्देशन देव महर्जनले गरेका छन्। कला निर्देशन दिनेश लामा ‘गैंडा’को रहेको छ भने निर्माण नियन्त्रक सन्देश राई (भान्जा) हुन्।
फिल्मको पोस्ट–प्रोडक्सन मोसन स्टुडियोमा गरिएको हो। वितरण नेशनल सिने ग्रुप प्रा.लि.ले गर्नेछ भने डिजिटल पार्टनर ओएसआर डिजिटल रहेको छ।
निर्माण पक्षका अनुसार ट्रेलर, टिजर र पोस्टरप्रति दर्शकको सकारात्मक प्रतिक्रिया आएकोले फिल्मलाई लिएर उनीहरू उत्साहित छन्।