0
Shares
काठमाडौँ — प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नेतृत्वको मन्त्रिपरिषदबाट अमरेश कुमार सिंहको नाम हटाइएको छ। उनलाई सुरुमा उद्योग मन्त्रालयको जिम्मेवारी दिने तयारी भए पनि अन्ततः उनको नाम सूचीबाट हटाइएको हो।
सूचना अनुसार उद्योग मन्त्रालयको जिम्मेवारी पनि प्रधानमन्त्री बालेन शाहले आफैंसँग राखेका छन्। यससँगै उनले रक्षा मन्त्रालय र उद्योग मन्त्रालय दुवैको जिम्मेवारी सम्हालेका छन्।
अमरेश कुमार सिंह नेपाली कांग्रेसका सभापति गगन कुमार थापालाई सर्लाही क्षेत्र नम्बर–४ बाट पराजित गर्दै प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए।
उद्योग मन्त्रालयकोमा सिंहले रुचि नदेखाएपछि उनी मन्त्री बन्न नपाएका हुन्। बुझीएअनुसार सिंहले अन्य कुनै शक्तिशाली मन्त्रालयको अपेक्षा राखेका थिए ।