महान्यायाधिवक्ता भण्डारी ६ महिनाको छोटो कार्यकालमा बदनामीको लामो सूचिसहित बाहिरिदै

0 Shares

प्रधानमन्त्री सुशीला कार्की पदीय जिम्मेवारीबाट बिदा भएपछि महान्यायाधिवक्ता सविता भण्डारी बरालले पनि पदबाट अवकाश लिने निश्चित भएको छ। उनले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राजीनामा बुझाउने तयारी गरेकी छन्।

करिब साढे ६ महिनाको कार्यकालमा भण्डारीले गरेका केही निर्णयहरू विवादमा तानिएका थिए। आफू र परिवारसँग जोडिएको होप फर्टिलिटीको डिम्ब तस्करी प्रकरणमा मुद्दा नचल्ने निर्णय, रवि लामिछानेसम्बन्धी आरोपपत्र संशोधन, तथा राजस्व चुहावटसम्बन्धी फाइलमा मुद्दा नचलाउने निर्णयलगायत विषय आलोचित बनेका थिए।

यसैगरी, नाबालिग जबर्जस्ती करणी मुद्दा र केही उच्च-प्रोफाइल आपराधिक मुद्दामा पनि कार्यालयको निर्णय विवादमा परेको थियो।

भण्डारीको कार्यकाल समाप्तिसँगै अब नयाँ महान्यायाधिवक्ता नियुक्त हुने तयारी भइरहेको स्रोतले जनाएको छ।

सम्बन्धित समाचार

सबै