काठमाडौं आइपुगे प्रसिद्ध भारतीय कमेडियन सुनिल ग्रोवर

0 Shares

प्रसिद्ध भारतीय कमेडियन सुनिल ग्रोवर काठमाडौँ आएका छन् । उनी होटल एभरेस्ट ग्राउन्डमा भोलि ‘सुनिल ग्रोवर लाइभ इन नेपाल’ कार्यक्रममा आफ्नो प्रस्तुति दिन नेपाल आएका हुन् ।

नेपाल आउनु केही दिन अघि सुनिलले सामाजिक संजालमा आफ्ना नेपाली प्रशंसकका लागि एक विशेष भिडियो सन्देश साझा गरेका थिए। सो भिडियोमा उनले आफ्नो श्रोतासँग कार्यक्रममा उपस्थित भई आफ्नो कमेडी लाइभ हेर्न आग्रह गरेका थिए।

स्क्रिनमा गौतम गुलाटीको पात्रको लागि प्रसिद्ध रहेका सुनिल हाल नेटफ्लिक्समा द ग्रेट इन्डियन कपिल शो नामक स्ट्रिमिङ शोमा प्रदर्शन गर्दै छन्।

यो कार्यक्रम लिक्विड इंटेलिजेन्स द्वारा आयोजित गरिएको हो, जसले सुनिललाई नेपाल ल्याएको हो। सुनिल द कपिल शर्मा शो मा रिंकु भाभी र डॉ. माशुर गुलाटीको यथार्थपुर्ण भूमिका निभाएर प्रख्यात बने। अब उनी द ग्रेट इन्डियन कपिल शो मा आफ्नो प्रदर्शन जारी राख्दै छन्।

यो सुनिल ग्रोवरको काठमाडौँको दोस्रो यात्रा हो। २०१७ मा आफ्नो पहिलो यात्रा क्रममा उनले पशुपतिनाथ मन्दिरको दर्शन पनि गरेका थिए। नेपालमा उनका प्रशंसकहरूको संख्या अत्यधिक छ र उनको आगामी शोले ठूलो भीड आकर्षित गर्ने अपेक्षा गरिएको छ।

May be an image of 3 people and text

Pic. @anzaankc__

सम्बन्धित समाचार

सबै