प्रधानमन्त्री बालेन शाहलाई बधाई दिदैं सुशीला कार्कीले के भनिन् ?

0 Shares

 पूर्वप्रधानमन्त्री सुशीला कार्कीले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) लाई बधाई दिँदै शुभकामना व्यक्त गरेकी छन्।

सामाजिक सञ्जालमा प्रतिक्रिया दिँदै कार्कीले ३५ वर्षीय युवा नेताको रूपमा बालेनलाई प्रधानमन्त्रीका रूपमा पाउँदा आफू हर्षित भएको उल्लेख गरेकी छन्।

“नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई। ३५ वर्षीय युवालाई आफ्नो उत्तराधिकारीका रुपमा पाउँदा मलाई थप हर्षित बनाएको छ,” उनले लेखेकी छन्। उनले जोस र होसको सन्तुलन मिलाएर जनादेशको सम्बोधन गर्न सफलताको कामना पनि गरेकी छन्।

कार्कीले नयाँ प्रधानमन्त्रीलाई जिम्मेवारीबोधसहित अघि बढ्न सुझाव दिँदै अपार शुभकामना व्यक्त गरेकी छन्।

सम्बन्धित समाचार

सबै