0
Shares
नेपाली कांग्रेसका निवर्तमान सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) लाई बधाई दिएका छन्।
मुलुक बाहिर रहेका देउवाले शुक्रबार सामाजिक सञ्जाल फेसबुकमार्फत बालेनलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका हुन्।
देउवाले लेखेका छन्, “राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त हुनु भएकोमा हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछु।”
उनले प्रधानमन्त्री बालेनसँगै नवगठित मन्त्रिपरिषद्का सदस्यहरूलाई पनि सफलताको शुभकामना दिएका छन्।
स्वास्थ्य उपचारका लागि सिंगापुर गएका देउवा हाल हङकङमा रहेको बताइएको छ।