0
Shares
काठमाडौँ — काठमाडौं महानगरपालिकाकी कार्यवाहक मेयर सुनिता डंगोलले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) लाई खादा लगाएर बधाई दिएकी छन्।
डंगोलले कालो रंगको कपडाको खादा बालेनलाई लगाइदिएकी हुन्। प्रधानमन्त्री बालेनले शिर निहुर्याएर उक्त खादा ग्रहण गरेका थिए।
सोही समारोहमा अर्का एक व्यक्तिले पनि बालेनलाई ढाकाको खादा लगाइदिन खोजेका थिए। तर उनले उक्त खादा हातमा मात्र लिएर गला भने नलगाएको बताइएको छ।
निर्वाचन प्रचारका क्रममा पनि बालेनले माला र खादा नलगाउने अडान लिँदै आएका थिए।
