मोदीले बालेनलाई बधाई दिदैं के भने ?

0 Shares

 भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) लाई बधाई दिएका छन्।

शुक्रबार प्रधानमन्त्री शाहको नियुक्ति तथा शपथ ग्रहणपछि प्रधानमन्त्री मोदीले सामाजिक सञ्जालमार्फत बालेनलाई शुभकामना दिएका हुन्।

मोदीले बालेनको नियुक्ति नेपालका जनताले नेतृत्वप्रति देखाएको विश्वासको प्रतिबिम्ब भएको उल्लेख गर्दै दुई देशबीचको सहकार्यलाई अझ मजबुत बनाउने अपेक्षा व्यक्त गरेका छन्।

उनले लेखेका छन्, “नेपालको प्रधानमन्त्रीको रूपमा नियुक्त बालेन्द्र शाहलाई हार्दिक बधाई। तपाईंको नियुक्ति नेपालका जनताले नेतृत्वप्रति देखाएको विश्वासको प्रतिबिम्ब हो।”

मोदीले भारत–नेपाल मैत्री सम्बन्ध र सहकार्यलाई अझ उचाइमा पुर्‍याउन नजिकबाट काम गर्ने चाहना समेत व्यक्त गरेका छन्।

सम्बन्धित समाचार

सबै