दुखद् खबर : रसुवाको लाङटाङ क्षेत्रमा मुस्ताङ एयरको हेलिकप्टर सम्पर्कविहीन, ५ जना थिए सवार

0 Shares

रसुवा — रसुवाको लाङटाङ क्षेत्र आसपास मुस्ताङ एयरको हेलिकप्टर सम्पर्कविहीन भएको छ। हेलिकप्टरमा पाइलटसहित ५ जना सवार रहेको खुलेको छ।

मुस्ताङ एयरका म्यानेजिङ डाइरेक्टर रोनान लामिछानेका अनुसार हेलिकप्टरमा पाइलटसहित पाँच जना सवार थिए र हालसम्म सम्पर्क स्थापित हुन सकेको छैन।

“अरु केही विवरण आएको छैन। हेलिकप्टरमा पाइलटसहित ५ जना सवार हुनुहुन्थ्यो,” उनले भने, “टेलिफोन सम्पर्कसमेत नहुने क्षेत्र भएकाले थप विवरण प्राप्त हुन सकेको छैन।”

नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार दिउँसो करिब साढे १ बजेदेखि हेलिकप्टर सम्पर्कविहीन भएको हो।

रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी द्रुवप्रसाद अधिकारीले घटनाबारे जानकारी लिन खोजिएको बताएका छन्। उनले भने, “माथिल्लो क्षेत्रमा रहेका नेपाली सेना र प्रहरीसँग समन्वय गरेर जानकारी संकलन गर्ने काम भइरहेको छ।”

हालसम्म हेलिकप्टरको अवस्थाबारे थप विवरण प्राप्त हुन सकेको छैन।

सम्बन्धित समाचार

सबै