‘यानीमाया’को फस्टलुकमा यस्तो देखियो पल शाह र अञ्जना मगरको जोडी

0 Shares

काठमाडौँ — नायक पल शाह अब फिल्म निर्माणतर्फ पनि सक्रिय भएका छन्। पल शाह फिल्मस्को प्रस्तुति रहने नयाँ फिल्म ‘यानीमायाः रिदम अफ लभ’ को छायांकन जेठ १ गतेदेखि सुरु हुने तयारी गरिएको छ।

निर्माण पक्षले फिल्मको फस्टलुक पोस्टर सार्वजनिक गरेको छ। पोस्टर ट्राइडेन्ट कन्सेप्टका रोयल भीमसेनले तयार पारेका हुन्।

फिल्ममा पल शाह र नव–नायिका अञ्जना मगरको मुख्य जोडी रहनेछ। यी दुईले यसअघि म्युजिक भिडियोमा सँगै काम गरिसकेका छन्।

फिल्मलाई ओम प्रतिकले निर्देशन गर्नेछन्। उनले यसअघि पल शाह मुख्य भूमिकामा रहेको फिल्म ‘मोहर’ निर्देशन गरेका थिए, जसलाई दर्शकले राम्रो प्रतिक्रिया दिएका थिए।

पल शाह र चन्द्र ज्योती आलेको लगानीमा निर्माण हुने फिल्मलाई प्रेमकथामा आधारित बताइएको छ। ‘यानीमाया’लाई ‘प्रेमको धुन’ भनेर प्रस्तुत गरिएको छ।

निर्माण पक्षले आगामी दिनमा थप विवरण सार्वजनिक गर्दै जाने जनाएको छ।

यस वर्ष पल शाह अभिनीत ‘मोहर’ र ‘आ बाट आमा’ प्रदर्शनमा आइसकेका छन्, जसले दर्शकबाट राम्रो प्रतिक्रिया पाएका थिए।

सम्बन्धित समाचार

सबै