‘पार्वती’ चैत २४ देखि छायांकनमा, भदौ १२ मा रिलिज

0 Shares

काठमाडौं । नीता ढुङ्गानाको निर्देशन तथा निर्माणमा बन्ने फिल्म ‘पार्वती’ छायांकनमा जाने तयारीमा रहेको छ। निर्माण टिमले चैत २४ गतेबाट छायांकन सुरु गर्ने जानकारी दिएको छ।

निर्देशक ढुङ्गानाका अनुसार फिल्मको प्रदर्शन मिति पनि तय भइसकेको छ। उनले फिल्मलाई आगामी भदौ १२ गतेदेखि देशभर प्रदर्शनमा ल्याउने तयारी भइरहेको बताइन्।

फिल्म ‘पार्वती’मा निर्देशक ढुङ्गाना स्वयं मुख्य भूमिकामा देखिनेछिन्। साथै दीपाश्री निरौला, अशोक दर्जी लगायत कलाकारको अभिनय रहनेछ।

सम्बन्धित समाचार

सबै