जेल तोडेर फरार ३१ वर्ष सजाय पाएका झापाका अन्जान राई फेरि पक्राउ

0 Shares

काठमाडौं : ३१ वर्ष कैद सजाय तोकिएका फरार अभियुक्त पक्राउ परेका छन्। पक्राउ पर्नेमा झापाको हल्दीबारी गाउँपालिका–१ का २८ वर्षीय अन्जान राई रहेका छन्।

उनलाई ३०५.७५० ग्राम लागुऔषध खैरो हेरोइनसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ। ३१ वर्ष कैद सजाय र ४ लाख ५० हजार रुपैयाँ जरिवाना तोकिएका राई जेनजी आन्दोलनका क्रममा केन्द्रीय कारागार सुन्धारा बाट फरार भएका थिए।

लागुऔषध नियन्त्रण ब्यूरो को कोटेश्वरस्थित टोलीले उनलाई पुनः पक्राउ गरेको हो। ब्यूरोका एसएसपी कृष्ण कोइराला का अनुसार राई यसअघि पनि चार वटा लागुऔषध मुद्दामा दोषी ठहर भइसकेका व्यक्ति हुन्।

यसै प्रकरणको अनुसन्धानका क्रममा ब्यूरोले १४ चैतमा राई संलग्न गिरोहका सदस्यहरू ३२ वर्षीय सुवास भनिने दोर्जे तामाङ र २४ वर्षीय राहुल डंगोललाई ५२ ग्राम खैरो हेरोइनसहित पक्राउ गरेको थियो।

सम्बन्धित समाचार

सबै