0
Shares
काठमाडौं : केपी शर्मा ओली लाई पक्राउ गर्नुको कारण पेस गर्न सर्वोच्च अदालतले सरकारका नाममा ‘कारण देखाऊ’ आदेश जारी गरेको छ।
न्यायाधीश मेघराज पोखरेल को इजलासले उक्त आदेश जारी गरेको हो। ओलीकी पत्नी राधिका शाक्य ले आफ्नो पतिलाई गैरकानूनी थुनामा राखिएको भन्दै सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको निवेदन दर्ता गरेकी थिइन्।
भदौ २३ र २४ गते भएको जेनजी आन्दोलन का क्रममा तत्कालीन प्रधानमन्त्रीका रूपमा ओलीले गरेका निर्णय र कार्यशैलीमाथि प्रश्न उठेपछि विवाद चुलिएको थियो।
उक्त घटनाको छानबिन गर्न सरकारले गठन गरेको जाँचबुझ आयोगले ओलीलाई अनुसन्धानको दायरामा ल्याउन सिफारिस गरेको थियो। साथै तत्कालीन गृहमन्त्री रमेश लेखक लाई पनि सोही सिफारिस गरिएको थियो।
सोही सिफारिसका आधारमा शनिबार बिहान ओली र लेखक पक्राउ परेका थिए।