0
Shares
काठमाडौं
सम्पत्ति शुद्धीकरण सम्बन्धी अनुसन्धान अघि बढेसँगै व्यवसायी दीपक भट्टलाई अध्यागमन विभागले कालोसूचीमा राखेको छ।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले सोमबार अध्यागमन विभागलाई पत्र पठाउँदै भट्टको पासपोर्ट रोक्का राख्न अनुरोध गरेको स्रोतले जनाएको छ। सोही अनुरोधका आधारमा अध्यागमनले उनलाई निगरानी सूचीमा राखेको हो।
भट्टमाथि के कस्तो प्रकृतिको अनुसन्धान भइरहेको हो भन्नेबारे भने सम्बन्धित सरकारी निकायले हालसम्म औपचारिक रूपमा कुनै जानकारी सार्वजनिक गरेका छैनन्।