‘राम नाम सत्य’ सोलो रिलिज हुँदै, दिव्या रायमाझी भन्छिन्– ‘फिल्म गज्जब बनेको छ’

0 Shares

काठमाडौं । नयाँ वर्षको अवसर पारेर आगामी चैत्र २७ गते प्रदर्शनमा आउन लागेको चलचित्र ‘राम नाम सत्य’ अब सोलो रिलिज हुने भएको छ। सो मितिमा रिलिज हुने भनिएका अन्य फिल्महरू पोस्टपोन्ड भएपछि माइकल चन्द निर्देशित फिल्मलाई सोलो रिलिजको अवसर प्राप्त भएको हो।

फिल्म अहिले टिजर र गीत ‘धागोले बाटेको, हुम्लाको लिमी’ का कारण पनि चर्चामा छ।

फिल्ममा विराज भट्ट, सुशील श्रेष्ठ, सुपुष्पा भट्ट, दिव्या रायमाझी, आयुष सिंह ठकुरी, खुशी कार्की, सुनिल थापा, प्रशान्त ताम्राकार र दिनेश डीसी लगायतका कलाकारहरूको अभिनय रहेको छ।

अभिनेत्री दिव्या रायमाझीले फिल्मप्रति आफ्नो उत्साह व्यक्त गर्दै यसलाई आफ्नो करियरको फरक अनुभव भएको बताएकी छन्। उनका अनुसार उनले यसपटक नयाँ शैलीको भूमिका निभाएकी छिन्।

दिव्याले आफूलाई फिल्ममा “आधुनिक राजकुमारी” को भूमिकामा देख्न सकिने खुलासा गर्दै भनिन् कि फिल्म केवल एक्सनमा सीमित नभई यसमा इमोशन, सस्पेन्स र प्रेमको मिश्रण रहेको छ।

उनले फिल्मलाई लिएर थप भनिन्, “मैले मेरो फिल्म भनेर मात्र भनेको होइन, यो वास्तवमै राम्रो बनेको छ। दर्शकले भरपुर मनोरञ्जन पाउनुहुनेछ भन्ने विश्वास छ।”

फिल्ममा दिव्या रायमाझी र सुशील श्रेष्ठको जोडी देखिनेछ। उनले सुशीलसँग काम गर्न निकै सहज अनुभव भएको पनि बताएकी छन्।

माइकल चन्दको कथा तथा संवाद रहेको फिल्ममा उपेन्द्र शाही र स्वेता बिमलीको लगानी छ।

सम्बन्धित समाचार

सबै