0
Shares
गायक समीर आचार्य र गायिका अन्नु चौधरीको स्वरमा ‘साली हो भाटु हो’ गीत सार्वजनिक भएको छ ।
शनिबार रिलिज गीतलाई नेपमेलोले प्रस्तुत गरेको हो । गीतमा गायक आचार्यकै शब्द रहेको छ भने केशव बडुको संगीत उत्पादन छ ।
गीतमा नेपाली र थारू भाषाको मिश्रण छ । भिडियोमा थारू समुदायको रहन सहन र कला संस्कृतिलाई समेत झल्काइएको छ ।
भिडियोमा चक्र बम, उषा उप्रेती र सृजन खरेल फिचर्ड छन् ।
भिडियो जेरी भण्डारीको कोरियोग्राफी तथा निर्देशनमा तयार भएको हो । यस्तै गीतमा नवराज उप्रेतीको छायांकन, मिलन विश्वकर्माको सम्पादन छ ।