‘मितज्यू’ टिजर : यस्तो देखियो सौगात र दयाको पैठेंजोरी

0 Shares

काठमाडौं — जेठ ८ गतेबाट प्रदर्शनमा आउन लागेको नेपाली फिल्म ‘मितज्यू’ को टिजर सार्वजनिक भएसँगै सामाजिक सञ्जालमा चर्चा चुलिएको छ। आइतबार ओएसआर युट्युबमार्फत टिजर रिलिज गरिएको हो।

टिजरमा ग्रामीण परिवेशमा गाडी चलाएर जीवनयापन गरिरहेका दयाहाङ राई र सौगात मल्ल एउटै केटीको विषयलाई लिएर झगडामा उत्रिएको देखाइएको छ। लगातार झगडापछि उनीहरूलाई नजिकिन नदिने उद्देश्यले ‘मित’ लगाइने दृश्यसमेत टिजरमा प्रस्तुत गरिएको छ।

निर्माण पक्षले हराउँदै गएको ‘मितेरी साइनो’ लाई कथाको मुख्य आधार बनाउने प्रयास गरेको देखिन्छ। २ मिनेट लामो टिजरले पुरानो पुस्तामा प्रचलित यो सामाजिक सम्बन्धलाई नयाँ पुस्तासम्म पुर्‍याउने संकेत दिएको छ।

टिजरमा ज्योतिषकहाँ पुगेका दयाहाङ र सौगातको दृश्य पनि समावेश छ, जहाँ उनीहरू परस्त्रीसँगको सम्बन्धका कारण भविष्यमा समस्या आउन सक्ने चेतावनीपछि आत्तिएको देखिन्छ।

टिजरमा दयाहाङ राई र सौगात मल्लसँगै खबपु, तेरिया फौजा मगर, शिशिर वाङ्देल लगायत कलाकारहरू देखिएका छन्।

अनिल बुढा मगरको निर्देशनमा बनेको फिल्ममा दयाहाङ, सौगात, तेरिया फौजासहित पुष्कर गुरुङ, शिशिर वाङ्देल, राज थापा, सुवर्ण थापा, अनु थापा, स्मिता लामिछाने, अरुण पुन मगर, उत्तम राज पाण्डे, सविन कट्टेल, उमेश सोनाम, पवित्रा खड्का, चाहाना राना मगर, अनुशा राई, खड्गबहादुर पुन मगर (खबपु) लगायतको अभिनय रहेको छ।

यस फिल्ममार्फत तेरिया फौजा मगरले अभिनेत्रीका रूपमा डेब्यु गरेकी छन्।

जीएम मुभिज प्रोडक्सनको ब्यानरमा बनेको फिल्म जनक घर्ती मगरले निर्माण गरेका हुन्। लोकेश बज्राचार्यले सम्पादन गरेका छन् भने शिशिर बिशंखेले छायांकन गरेका हुन्।

मुख्य सहायक निर्देशन फिरोज खड्काले गरेका छन्। गीतमा श्रीकृष्ण बम मल्लको संगीत रहेको छ भने मेलिना राई र लक्ष्मी मल्लले स्वर दिएका छन्।

फिल्मको वितरण आरआर फिल्म्सले गरिरहेको छ भने डिजिटल अधिकार ओएसआरले खरिद गरेको छ। निर्माण पक्ष फिल्मप्रति निकै उत्साहित देखिएको छ।

सम्बन्धित समाचार

सबै