
‘फेरी रेशम फिलिली’को छायांकन समापन भएको छ ।
सिनेमाले काठमाडौं, पाँचखाल, बारा र चितवनको सुटिङ ३५ दिनमा प्याकअप गरेको जानकारी निर्माता रौनक विक्रम कडेलले दिएका छन् ।
निरोज महर्जनको निर्देशित यो सिनेमा २०७२ सालमा रिलिज भएको सिनेमा ‘रेशम फिलिली’को सिक्वेल हो ।
पहिलो शृंखलाका निर्देशक प्रनव जोशी र अभिनेत्री मेनुका प्रधान बाहेक विनय श्रेष्ठ र कामेश्वर चौरासिया ‘फेरी रेशम फिलिली’मा दोहोरिएका छन् । सिनेमामा मुख्य अभिनेत्रीमा सुपुष्पा भट्टले अभिनय गरेकी छन् ।
सिनेमामा सुपुष्पाका अलावा विनय, कामेश्वर र सुपुष्पासँगै नीर शाह, लक्ष्मी गिरी, प्रकाश घिमिरे, शिशिर वाङ्गदेल, रविन्द्र झा, महेश त्रिपाठी, काजल कर्ण, एवनराज उप्रेती, मेक्सम गौडेल लगायतको अभिनय रहेको छ ।
सिनेमाको कार्यकारी निर्मातामा सुरज बम ठकुरी र सह–निर्मातामा एनी थापा हुन् ।
सिनेमा आट्सको प्रस्तुति र वि मोशन पिक्चर्सको सहकार्यमा निर्माण भएको सिनेमामा सुसन प्रजापतीको छायांकन, निरोज महर्जन र आकाश बरालको पटकथा तथा कालीप्रसाद बाँस्कोटा, एसडी योगी, हर्क साउद, जयन जे वाइवा र दीपक शर्माको संगीत छ।