जेनजी आन्दोलनको क्रममा हिरासतबाट भागेका लोब्साङ बोम्जन सिन्धुपाल्चोकबाट पक्राउ

0 Shares

हिरासतबाट फरार भएका लोब्साङ बोम्जनलाई प्रहरीले सिन्धुपाल्चोकबाट पक्राउ गरेको छ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई पक्राउ गरेको हो। सिन्धुपाल्चोक घर भएका ३१ वर्षीय बोम्जन जेनजी आन्दोलनको क्रममा प्रहरी वृत्त बौद्धको हिरासतबाट फरार भएका थिए।

अपराध अनुसन्धान कार्यालयका एसपी तथा प्रवक्ता मनोहर भट्टका अनुसार पक्राउ परेका बोम्जनलाई आवश्यक कारबाहीका लागि प्रहरी वृत्त बौद्धको जिम्मा लगाइएको छ।

बोम्जनले २०८२ साउन १२ गते जोरपाटीमा जितबहादुर मोक्तानलाई खुकुरी प्रहार गरेको आरोप समेत लागेको प्रहरीले जनाएको छ।

 प्रहरीले घटनासम्बन्धी थप अनुसन्धान अघि बढाइरहेको जनाएको छ।

सम्बन्धित समाचार

सबै