0
Shares
मोबाइल लुटपाट गरी डिजिटल वालेटमार्फत बैंक खाताको रकम झिक्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा काठमाडौंको बूढानीलकण्ठ बस्ने १९ वर्षीय वीरबहादुर तामाङ, दोलखाको मेलुङ गाउँपालिका–५ का १८ वर्षीय जनम तामाङ र खोटाङका १८ वर्षीय प्रज्वल राई रहेका छन्।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरूलाई पक्राउ गरेको हो।
प्रहरीका अनुसार उनीहरूले एक व्यक्तिको मोबाइल लुटेर डिजिटल वालेटमा अनधिकृत पहुँच पुर्याई वालेट रिसेट गरेका थिए। त्यसपछि बैंक खाताबाट १ लाख २७ हजार ६ सय रुपैयाँ झिकिएको पाइएको एसपी मनोहर भट्टले जानकारी दिए।
पक्राउ परेका तीनै जनालाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको प्रहरीले जनाएको छ।