८ वर्षपछि सलिनमानले गरे कमब्याकको संकेत, भने- ‘पुराना रंग फेरि जिउँदो हुँदैछन्’

0 Shares

काठमाडौं — फिल्म ए मेरो हजुर २ बाट अभिनेताका रूपमा डेब्यु गरेका सलिनमान बनिया ले लामो मौनतापछि फिल्ममा पुनरागमनको संकेत दिएका छन्।

पहिलो फिल्मबाटै दर्शकमाझ लोकप्रिय बनेका सलिनमानले दोस्रो फिल्म यात्रा: अ म्युजिकल भ्लग मा अभिनय गरेका थिए। त्यसपछि भने उनी फिल्म र सार्वजनिक उपस्थितिबाट लगभग टाढा रहे। सामाजिक सञ्जालमा पनि सक्रिय नदेखिएका उनी बीचमा सलोन बस्नेत को फिल्म ‘रंगी’को प्रिमियरमा मात्र देखिएका थिए।

नयाँ वर्षको अवसर पारेर उनले सामाजिक सञ्जालमार्फत कमब्याकको संकेत दिएका हुन्। मदिरा पिइरहेको तस्बिर सार्वजनिक गर्दै उनले लेखेका छन्—
“कहिलेकाहीँ दूरी अन्त्य होइन, तयारी हुन्छ। आठ वर्षको मौनतापछि, नयाँ वर्षले केही पुराना रंगहरू फेरि जिउँदो पार्न खोज्दैछ।”

उनको यो अभिव्यक्तिले उनी नयाँ फिल्ममार्फत फर्किन लागेको अड्कल गर्न थालिएको छ। ‘यात्रा’पछि कुनै पनि फिल्ममा नदेखिएका सलिनमान अब आठ वर्षपछि पुनः अभिनयमा फर्किने तयारीमा रहेको बुझिएको छ।

यद्यपि, उनले कुन फिल्ममार्फत कमब्याक गर्दैछन् भन्नेबारे स्पष्ट खुलाएका छैनन्। स्रोतका अनुसार उनी सलोन बस्नेत संलग्न एक प्रोजेक्टमा देखिन सक्ने चर्चा छ, तर यसबारे आधिकारिक पुष्टि भइसकेको छैन।

सार्वजनिक तस्बिर हेर्दा उनी कुनै फिल्मको दृश्यमै रहेको अनुमान गर्न सकिन्छ। सम्भवतः त्यही दृश्यलाई नयाँ वर्षको ‘सरप्राइज’का रूपमा उनले सार्वजनिक गरेका हुनसक्ने आँकलन गरिएको छ।

अब सलिनमान कुन फिल्मबाट, कसरी दर्शकमाझ फर्किन्छन् भन्ने प्रतीक्षा भने दर्शकका लागि रोचक बनेको छ।

सम्बन्धित समाचार

सबै