‘जिग्री ब्रो’ र ‘काकु’ पुनः सँगै: ‘चिरञ्जीवी भवः’ फिल्म घोषणा

0 Shares

काठमाडौँ । टिभी श्रृंखलाका चर्चित जोडी कुमार कट्टेल ‘जिग्री ब्रो’ र दीपकप्रसाद आचार्य ‘काकु’ बीच पुनः सहकार्य हुने पक्का भएको छ। उनीहरूले नयाँ फिल्म ‘चिरञ्जीवी भवः’ निर्माणको औपचारिक घोषणा गरेका छन्।

नयाँ वर्ष २०८३ को अवसर पारेर सामाजिक सञ्जालमार्फत घोषणा गरिएको यो फिल्म अहिले स्क्रिप्टको अन्तिम चरणमा रहेको बताइएको छ। फिल्मको  डेढदेखि दुई महिनाभित्र छायांकन सुरु गर्ने तयारी गरिएको छ।

फिल्मले दुई पुस्ताबीचको सम्बन्ध, दूरी र आवश्यकताको कथा उठाउनेछ।

यस प्रोजेक्टमा काकुले निर्देशन गर्नेछन् भने जिग्री ब्रो कथा लेखनमा संलग्न छन्। दुवैका लागि यो दोस्रो निर्देशकीय फिल्म हुनेछ। यसअघि काकु निर्देशित ‘परान’ २०८२ सालको सर्वाधिक कमाउने फिल्म बनेको थियो भने जिग्री ब्रो निर्देशित ‘लाज शरणम्’ ले पनि राम्रो व्यापार गरेको थियो।

फिल्म सामाजिक कथावस्तुमा आधारित हुनेछ। कलाकार तथा निर्माता भने हालसम्म तय भइसकेका छैनन्। स्क्रिप्टअनुसार उपयुक्त कलाकार छनोट गरिने निर्माण पक्षले जनाएको छ।

सक्किगो नि र ‘भद्रगोल’ जस्ता लोकप्रिय टिभी शोमार्फत करिब ८ वर्षदेखि सहकार्य गर्दै आएका यी दुई कलाकार फिल्ममार्फत फेरि एकसाथ देखिन लागेका हुन्।

सम्बन्धित समाचार

सबै