‘जदौ’ फिल्म भदौ १२ मा रिलिज: नयाँ पोस्टरमा फरक अवतार

0 Shares

काठमाडौँ । नयाँ वर्ष २०८३ को पहिलो दिन पारेर फिल्म ‘जदौ’को नयाँ डिजाइनसहित पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरिएको छ। अन्जन शर्मा र काजी लिम्बु को संयुक्त निर्देशनमा बनेको फिल्म आगामी भदौ १२ गते रिलिज हुने तय भएको छ।

सिल्भर स्क्रीन इन्टरटेन्मेन्टसँगको सहकार्यमा समिश्रण मुभिज एन्ड इन्टरटेन्मेन्टको प्रस्तुतिमा बनेको फिल्मको पोस्टरमा मुकुन भुसाल, ऋचा शर्मा, नीति शाह, प्रभात पाल ठकुरी र राजश्री थापालाई फरक–फरक अवतारमा प्रस्तुत गरिएको छ।

अन्तरजातीय प्रेमसम्बन्धको कथामा आधारित फिल्ममा सह–निर्माताको रूपमा रामराजा सुवेदी, सुमित्रा देवकोटा, नारायण शास्त्री, अर्जुन खड्का र गोकुल केसी रहेका छन्। फिल्मको छायांकन श्याम तामाङले गरेका हुन् भने स्क्रिप्ट निर्देशक काजी लिम्बु स्वयंले लेखेका छन्।

फिल्ममा सिपी पुडासैनी ‘धतुरे’, विनोद न्यौपाने, सन्ध्या श्रेष्ठ, खड्गबहादुर पुन, विशाल पहाडी, सुन्दर धिताल र नरेश पौडेललगायतका कलाकारको अभिनय रहनेछ।

नृत्य निर्देशन रामजी लामिछाने को रहेको फिल्मका गीतमा अर्जुन पोखरेलबाबुल गिरी को संगीत रहनेछ।

निर्माण टिमका अनुसार फिल्मको ट्रेलर तथा अन्य प्रचार सामग्री चाँडै सार्वजनिक गरिनेछ।

सम्बन्धित समाचार

सबै