सभामुखको डीपी अर्याल सवार गाडीलाई ट्राफिक कारबाही: नियम उल्लंघनमा सिंहदरबारमै चिट

0 Shares

काठमाडौँ । डीपी अर्याल सवार गाडीलाई ट्राफिक नियम उल्लंघन गरेको आरोपमा कारबाही गरिएको छ।

थापाथलीस्थित सडक खण्डमा लेन मिच्दै अघि बढेको उक्त गाडीलाई ट्राफिक प्रहरीले चिट काटेको हो। सभामुखको गाडीसँगै अगुवा र पछुवा गरी तीनवटै सवारीलाई कारबाही गरिएको प्रहरीले जनाएको छ।

उक्त सवारीसाधन नियम उल्लंघन गर्दै सिंहदरबार पुगेपछि ट्राफिक प्रहरी त्यहीँ पुगेर कारबाही प्रक्रिया अघि बढाएको थियो।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय स्रोतका अनुसार, नियम उल्लंघन गर्ने जोसुकै भए पनि समान रूपमा कारबाही गरिने स्पष्ट सन्देश दिइएको छ। “व्यक्ति वा पदभन्दा पनि नियम ठूलो हो, उल्लंघन गर्ने सवारीलाई चिट काटिन्छ,” स्रोतले जनाएको छ।

प्रहरीका अनुसार, लेन क्रस गरेको कारण उक्त गाडीलाई चिट काटिएको हो।

सम्बन्धित समाचार

सबै