विजय-वर्षाको ‘मालती मंगले’ विवाहमा सविन–एलिसाको ‘झ्याम पारम’ डान्स

0 Shares

काठमाडौं — वैशाख २५ गतेबाट प्रदर्शनमा आउन लागेको मालती मंगले ले आफ्नो तेस्रो गीत ‘झ्याम पारम’ सार्वजनिक गरेको छ। यसअघि ‘सुनैको सपनी’ र ‘ढुङ्गा माथि लेऊ’ सार्वजनिक गरिसकेको निर्माण टिमले अब दर्शकलाई आकर्षित गर्ने डान्सिङ नम्बर सार्वजनिक गरेको हो।

‘झ्याम पारम’मा रामकृष्ण ढकालमेलिना राई को स्वर रहेको छ। गीतका शब्द राजेन्द्र थापा ले लेखेका हुन् भने सङ्गीत राजन राज शिवाकोटी ले दिएका छन्। एरेन्ज श्यामश्वेत रसाइलीको रहेको छ।

भिडियोमा भव्य सेटअप र ऊर्जावान प्रस्तुति देख्न सकिन्छ। रोशन विश्वकर्मा को कोरियोग्राफीमा तयार गीतमा मुख्य कलाकार विजय बराल, वर्षा राउतमेक्सम गौडेल सँगै चर्चित डान्सर सविन कार्की (बिस्ट), एलिसा शर्मा र रोशित कर्माचार्य गेस्ट भूमिकामा देखिएका छन्।

प्रकु पाण्डेय को निर्देशनमा बनेको यो फिल्म रानी फिल्म्सको ब्यानरमा युनि इन्टरटेन्मेन्टसँगको सहकार्यमा निर्माण गरिएको हो। फिल्मको कथा निर्देशक पाण्डेयकै हो भने पटकथा तथा संवाद संयोग गुरागाईँ ले तयार गरेका छन्।

कलाकारको बलियो उपस्थिति रहेको फिल्ममा नरिन थापा, मान्सु सापकोटा, प्रकाश घिमिरे, सरिता गिरी, सुस्मा निरौला लगायतका कलाकारहरूको अभिनय रहेको छ। फिल्मको प्राविधिक पक्ष पनि मजबुत देखिएको छ—छायाङ्कन महेश पौडेल, सम्पादन रोमी मोजेज, रङ संयोजन कृष्ण भण्डारी र ब्याकग्राउन्ड स्कोर सुजिल कर्माचार्यको रहेको छ।

आरआर फिल्म्स मार्फत वितरण हुने फिल्मले वैशाख २५ गतेबाट दर्शकलाई मनोरञ्जन दिने निर्माण टिमको विश्वास छ।

सम्बन्धित समाचार

सबै