‘कार्साङ’को टिजर सार्वजनिक, फरक देखिए दया र जितु

0 Shares

पुस २६ गते रिलिज हुने ‘कार्साङ’ सिनेमाले टिजर सार्वजनिक गरेको छ ।

टिजरमा ग्रामिण परिवेशका गरिबी, अभाव, निःसन्तानपनले दिएको सास्ती र सोले दाम्पत्य जीवनमा हुने ठाकठुक लगायतका कुराहरु देख्न सकिन्छ ।

गरिबीका कारण कसरी मान्छे आफ्नै दाजुभाइ र समाजबाट हेपिन्छन् त्यसको कथा ‘कार्साङ’ले प्रस्तुत गर्ने टिजरबाट बुझ्न सकिन्छ ।

सिनेमामा दयाहाङ राई, डेब्यु अभिनेत्री सिर्जना निङलेखु, जितु नेपाल, दीया मास्के, बुद्धि तामाङको मुख्य भूमिका रहेको चलचित्रमा सृष्टि गौतम, डोमा ह्योल्मो, प्रेम लोप्चन, सुरवीर पण्डित, कविता आले, कर्मा शेर्पा, छोकी शेर्पा, सभ्य दीप गौतम, बिमल पुरी, दिलीप पन्त, छिरिङ शेर्पा, पवन कुमार गोले, अमृत शेर्पालगायत कलाकारको अभिनय रहेको छ ।

यस्तै सिनेमामा बालकलाकारका राशी लिम्बु तथा सोहन थापा समेतको अभिनय रहेको छ ।

डेब्यू निर्देशक यम शेर्पा निर्देशित सिनेमाले शेर्पा समुदायको संस्कृतिक सेरोफेरोमा आफ्नो कथा प्रस्तुत गर्ने जनाइएको छ । सिनेमाको कथा पनि निर्देशक शेर्पा स्वयंकै हो ।

सिनेमाको गीत हर्क साउद र डीपी खनालले लेखेका छन् भने संगीत मनोज थापा मगर, एसडी योगी र बिशो डोङको रहेको छ । यस्तै गायनतर्फ भने मनोज थापा मगर, एसडी योगी, रेश्मा पुन मगर, बिशो डोङ, सुनिता थेगिम, सुबानी मोक्तान, अस्मान लोप्चन, पाल्मु शेर्पा रहेका छन् ।

यार्सा फिल्म्स र पुरुषोत्तम प्रधान फिल्मसको प्रस्तुतिमा निर्माण भएको सिनेमाका निर्माता पुरुषोत्तम प्रधान  हुन् । उनी सिनेमाका छायांकार र निर्मातासमेत हुन् ।

यस्तै सिनेमाको सहनिर्माता गोविन्द बोहरा तथा कार्यकारी निर्माता आङछिरिङ शेर्पा हुन् भने लाइन प्रोड्युसरमा वीरेन्द्र शाही छन् ।

‘कार्साङ’मा भूपेन्द्र अधिकारीको सम्पादन, मनोरञ्जन श्रेष्ठको रङ ग्रेडिङ, शाहिल खानको टिजर र ट्रेलर, राजु तामाङको मेकअप, अभि लामाको कोरियोग्राफी, मुकेश शाहको ध्वनि, सुदीप कुँवर, राम कुमार श्रेष्ठ र योगेन्द्र कार्की प्रमुख सहायक निर्देशन रहेको छ ।

यसैगरी सिनेमाको अन्तर्राष्ट्रिय वितरक अधिकार हुल्या इभेन्टस सुमन पराजुली र सोमलाल थोकर लिएको छन् । नेपालमा आरआर फिल्मसले वितरण गर्नेछ ।

सम्बन्धित समाचार

सबै