ठमेलमा विदेशी पर्यटकमाथि आक्रमण गर्दै कुटपिट गर्ने ३ जना पक्राउ

0 Shares

काठमाडौं — राजधानीको पर्यटकीय क्षेत्र ठमेलमा विदेशी नागरिकमाथि आक्रमण र लुटपाट गरेको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको टोलीले घटनासँग सम्बन्धित भिडियो सार्वजनिक भएपछि अनुसन्धान अघि बढाउँदै उनीहरूलाई नियन्त्रणमा लिएको हो।

सामाजिक सञ्जालमा भाइरल भएको उक्त भिडियोमा विदेशी नागरिकमाथि दुर्व्यवहार तथा लुटपाट भएको देखिएको बताइएको छ। सोही दृश्यको आधारमा पहिचान गरी पक्राउ गरिएको प्रहरीको भनाइ छ।

पक्राउ परेकाहरूलाई हाल प्रहरी वृत्त लैनचौरमा राखी थप अनुसन्धान भइरहेको छ।

प्रहरीले घटनाबारे विस्तृत अनुसन्धान जारी रहेको जनाएको छ।

सम्बन्धित समाचार

सबै