नेपाली अभिनेत्री प्रियंका कार्कीले नैतिकताको आधारमा राजीनामा दिएका सुधन गुरुङले मिडिया ट्रायलका कारण राम्रो काम गर्दागर्दै पनि राजनीनाम दिनुपरेको बताएकी छन् । उनले फेसबुकमार्फत यस्तो धारणा व्यक्त गरेकी छन्। योसँगके अभिनेत्री कार्कीले ‘सधैं राम्रो काम गर्ने मान्छेले नै धेरै अग्निपरीक्षा दिनुपर्छ, इतिहासले त्यो बारम्बार देखाएको छ’ लेखेकी छन् ।
उनले मिडिया ट्रायलले दबाब सिर्जना गरेको स्पष्ट देखिएको उल्लेख गर्दै यस्तो कठिन अवस्थामा पनि पदभन्दा नैतिकता रोज्नु ठूलो साहस भएको बताएकी छन्।
योसँगै कार्कीले सुधन गुरुङमाथि लागेका आरोपहरूको निष्पक्ष र गहिरो छानबिन हुनुपर्नेमा जोड दिँदै सत्य बाहिर आउने विश्वास व्यक्त गरेकी छन्। साथै उनले गुरुङ अझ बलियो भएर फर्किने विश्वास व्यक्त गर्दै नेपालले उनको क्षमता, दृष्टि र सम्भावनाको पूर्ण उचाइ अझै देख्न बाँकी रहेको उल्लेख गरेकी छन्।
उनको स्टाटसको अन्त्यमा “म आशा गर्छु, तपाईं अझ बलियो भएर फर्किनुहुनेछ, किनकि नेपाललाई तपाईं चाहिन्छ” भन्ने सन्देश दिँदै उनले सुधन गुरुङप्रति समर्थन र भरोसा व्यक्त गरेकी छन्।
हाल सुधन गुरुङले नैतिकताको आधारमा पदबाट राजीनामा दिएका छन्, जसले सामाजिक र राजनीतिक वृत्तमा व्यापक बहस सिर्जना गरेको छ।
