ललितपुरबाट गुण्डागर्दी आरोपमा ‘सम्धी ग्रुप’का १० जना पक्राउ

0 Shares

ललितपुरमा ‘सम्धी ग्रुप’ (झ्यालुङ्टार ग्रुप)को नाममा गुण्डागर्दी गर्दै आएको आरोपमा प्रहरीले १० जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी परिसर ललितपुर का एसपी गौतम मिश्रका अनुसार चापागाउँ क्षेत्रमा लामो समयदेखि उक्त समूहले विभिन्न आपराधिक गतिविधि गर्दै आएको सूचनाका आधारमा उनीहरूलाई नियन्त्रणमा लिइएको हो।

प्रहरीका अनुसार पक्राउ परेकाहरूले रेस्टुरेन्टमा पैसा नतिर्ने, गिटी तथा अन्य प्राकृतिक स्रोतमा दादागिरी गर्दै हप्तावारी तथा महिनावारी रकम असुल्ने र असुल्न खोज्ने जस्ता गतिविधिमा संलग्न रहेको आरोप छ।

यसका साथै उनीहरूले प्रहरी कारबाहीमा समेत अवरोध सिर्जना गरेको आरोप लागेको छ। पक्राउ परेकाहरूको विस्तृत परिचय भने प्रहरीले सार्वजनिक गरेको छैन।

सम्बन्धित समाचार

सबै