१४ वर्ष पुरानो बलात्कार मुद्दाका फरार दोषी सल्यानमा पक्राउ, कारागार चलान

0 Shares

सल्यान प्रहरीले १४ वर्षअघि दाङको तुलसीपुरमा भएको बलात्कार मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरी कारागार चलान गरेको छ।

छत्रेश्वरी गाउँपालिका–६ का ३० वर्षीय मोहन विकलाई सुराकका आधारमा मंगलबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रवक्ता देवराज भट्टराईले जानकारी दिएका छन्।

दाङ जिल्ला अदालतले १४ वर्षअघि भएको उक्त घटनामा विकलाई दोषी ठहर गर्दै ५ वर्षभन्दा बढी कैद सजाय सुनाएको थियो। अदालतको फैसला पछि उनी फरार रहेका थिए।

उक्त मुद्दाको लगत दाङबाट सल्यानमा स्थानान्तरण गरिएको थियो।

पक्राउपछि विकलाई सल्यान जिल्ला अदालतमा पेस गरिएको र अदालतको आदेशअनुसार मंगलबार नै उनलाई तोकिएको सजाय भुक्तानका लागि कारागार चलान गरिएको प्रहरी प्रवक्ता भट्टराईले बताए।

सम्बन्धित समाचार

सबै