फागुन २ गते भ्यालेन्टाइन डे मा रिलिज हुने घोषणा गरिएको ‘जेरी अन टप’ सिनेमाले सो मिति स्थगीत गरेको छ ।
निर्धारित समयमा छायांकन लगायतका अन्य प्राविधिक कामसमेत नसकिने भएपछि रिलिज स्थगित गरिएको जानकारी निर्माता सरोज न्यौपानेले दिए ।
केही दिन अगाडि लुक्ला सेड्युलका सकेको सिनेमाको हाल काठमाडौंमा छायांकन चलिरहेको छ ।
काठमाडौं तालिका समापन गरेपछि सिनेमा थप छायाँकनका लागि मुस्ताङ र भारतको लद्दाख जाने ।
छायाँकनसँगै सिनेमा भिएफएक्स लगायतका प्राविधिक काममा समय लाग्ने भएकाले फागुन २ को मिति छाड्नु स्थगीत गरिएको उनको भनाइ छ।
सिनेमाका निर्देशक सुयोग गुरुङ हुन् ।
सिनेमामा अनमोल केसी, आँचल शर्मा, जसिता गरुङ केदार घिमिरे (माग्ने बुढा), विपना थापा, भुवन केसी, सुरक्षा पन्त, निर्मल शर्मा, संगीता मगर, सुष्मा निरौला लगायतका कलाकारको पनि अभिनय रहनेछ ।
निर्देशक हेमराज बिसीको कथा रहेको सिनेमाको पटकथा विश्व तिमिल्सेनाले लेखेका हुन् भने संवाद लेखनमा साइग्रेस पोखरेलसँग सहकार्य गरिएको छ ।
सिनेमामा सरोज न्यौपानेसँगै दीपक भण्डारी, रोबिन सेरचन, रामकृष्ण श्रेष्ठसमेतको लगानी रहेको छ । ईश्वर श्रेष्ठ र अनिरुद्र गिरी कार्यकारी निर्माता रहेको सिनेमामा ओमप्रकाश अग्रवाल र विवेक थापा एसोसिएट निर्माता हुन् ।
अनन्या फिल्म्स र भण्डारी मल्टिट्रेडको ब्यानरमा निर्माण भएको सिनेमामा उज्जवल जोशीको छायांकन तथा सुरेन्द्र पौडेलको सम्पादन रहनेछ।
निर्माताले नयाँ रिलिज मिति छिट्टै घोषणा गरिने जानकारी दिएका छन् ।