बलिउड अभिनेत्री अमिशा पटेलले सुपरहिट फिल्म ‘तेरे नाम’ अस्वीकार गरेकोमा पछुतो व्यक्त गरेकी छन्। सलमान खान अभिनित उक्त फिल्म छाड्नु आफ्नो करियरकै ठूलो निर्णयमध्ये एक भएको उनले स्वीकारेकी हुन्।
एक अन्तर्वार्तामा बोल्दै अमीषाले ‘तेरे नाम’को कथा आफूलाई निकै मन परेको बताउँदै पनि त्यो समयमा अन्य कारणले फिल्म गर्न नसकेको खुलासा गरिन्। उनले भनिन्, “मलाई कथाले निकै छोएको थियो, तर विभिन्न कारणले म त्यो फिल्म गर्न सकिनँ। अहिले सोच्दा केही हदसम्म पछुतो लाग्छ।”
सलमान खान को करियरकै चर्चित फिल्ममध्ये एक मानिने ‘तेरे नाम’ रिलिजपछि ठूलो सफल भएको थियो। फिल्ममा सलमानको अभिनय र भावनात्मक कथा दर्शकमाझ निकै लोकप्रिय बनेको थियो।
अमीषाले उक्त फिल्म अस्वीकार गरेपछि अन्ततः अभिनेत्री भूमिका चावलालाई मुख्य भूमिकामा लिइएको थियो। यसै फिल्ममार्फत भूमिका चाव्लाले बलिउडमा सशक्त पहिचान बनाएकी थिइन्।
अमीषाको यो स्वीकारोक्तिले पुनः ‘तेरे नाम’ र त्यससँग जोडिएका निर्णयहरूको चर्चा बलिउड वृत्तमा चुलिएको छ।