‘चित्रा-२’ बनाउने घोषणा गरेका सन्तोषले घोषणा गरे ‘तिमी मेरो म तिम्रो’ घोषणा

0 Shares

 घनश्याम लामिछानेले निर्देशन गर्ने प्रेमकथामा भुवन केसीदेखि जितु नेपालसम्म

काठमाडौं । निर्देशक घनश्याम लामिछाने ले नयाँ फिल्म ‘तिमी मेरो म तिम्रो’ निर्देशन गर्ने घोषणा गरेका छन्। सन्तोष अधिकारी फिल्म्सको ब्यानरमा निर्माण हुन लागेको फिल्मको औपचारिक घोषणा शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा गरिएको हो।

निर्देशक लामिछानेका अनुसार फिल्म प्रेमकथामा आधारित हुनेछ। नेपाली फिल्म उद्योगमा पछिल्लो समय प्रेमकथामा आधारित फिल्मको संख्या कम भइरहेका बेला दर्शकले रुचाउने किसिमको फिल्म निर्माण गर्न लागिएको उनले बताए।

फिल्ममा भुवन केसी, अर्जुनजंग शाही, जितु नेपाल, सन्तोष अधिकारी, रियान गिरी र नवअभिनेत्री प्रतिमा थापा लगायत कलाकारको अभिनय रहनेछ। फिल्मको संगीत युग भुसालले तयार गर्नेछन्।

आस्प इन्टरटेनमेन्ट अस्ट्रेलियाको निर्माण रहने फिल्ममा राज श्रेष्ठआशिस थापा मगर सह-निर्माताको भूमिकामा छन्। कार्यकारी निर्माता सन्तोष अधिकारी रहेका छन् भने लाइन प्रोड्युसरमा तेजविक्रम केसी छन्।

फिल्मको छायांकन निर्देशक (DOP) का रूपमा नरेन्द्र मैनाली रहनेछन्। फिल्मको कथा तथा लेखन मनीष गौतम ले गरेका हुन्।

सम्बन्धित समाचार

सबै