‘एक मुठ्ठी बादल’को ‘रेल घुम्यो घुम्तीमा’ र्‍याप भर्सन सार्वजनिक

0 Shares

काठमाडौं । जेठ १ गतेदेखि देशव्यापी प्रदर्शनमा आउन लागेको नेपाली फिल्म एक मुठ्ठी बादल ले आफ्नो चर्चित गीत ‘रेल घुम्यो घुम्तीमा’ को लिरिकल र्‍याप भर्सन सार्वजनिक गरेको छ।

यसअघि सार्वजनिक भएको टिजर, गीत र ट्रेलरले दर्शकबाट सकारात्मक प्रतिक्रिया पाएको निर्माण पक्षले जनाएको छ। लोकलयमा आधारित गीतलाई दर्शकले रुचाएकाले यसको र्‍याप भर्सन पनि उत्तिकै लोकप्रिय हुने अपेक्षा गरिएको छ।

गीतमा संगीत सुमित पाठक को रहेको छ भने स्वर मीना पोखरेल, इन्द्रकला राईस्यामी डी रियल जी ले दिएका छन्। गीतको शब्द रचना हर्क साउद ले गरेका हुन्। सुमित पाठक नेपाल आइडल सिजन–२ का उपविजेता हुन् र यो उनको फिल्म संगीत क्षेत्रमा पहिलो प्रवेश हो।

फिल्मको लेखन तथा निर्देशन सहारा शर्मा ले गरेकी हुन्। फिल्ममा आँचल शर्मा, निशा शर्मा, उषा रजक, भीमा मैनाली, अस्मिता गौतम, शेखर चापागाईँ, मनिष निरौला, सहयोग अधिकारी, गौरव विष्टअविरलप्रताप अधिकारी लगायत कलाकारको अभिनय रहेको छ।

फिल्मको निर्माण अभिमन्यु दीक्षित ले गरेका हुन् भने कार्यकारी निर्माता निकुन श्रेष्ठ छन्। निर्माण टिममा जर्मन निर्माता सारा फाजिलात, सामिप्य राज तिमल्सेनाअनुप पौडेल पनि रहेका छन्।

फिल्मको छायांकन लिन्ह डान गुयेन फान, प्रोडक्सन डिजाइन यशस्वी सभरवाल, सम्पादन गौरव मल्लिक, कला निर्देशन अग्रणी ठकुरी झा, भेषभूषा डिजाइन जानकी कडायत र मेकअप कीर्ति जोशी ले गरेका हुन्।

सहायक निर्देशनमा मर्णा जेम्स प्रमुख सहायक निर्देशकको रूपमा रहेकी छन् भने उनलाई शर्मिला आलेमीरा खड्का ले सहयोग गरेका छन्।

महिला नेतृत्वमा धेरै विधागत जिम्मेवारी रहेको यस फिल्मलाई गौंथली इन्टरटेनमेन्ट र मन प्रोडक्सनले संयुक्त रूपमा निर्माण गरेका हुन्। फिल्मलाई नेपालमा आरआर फिल्म्स ले वितरण गर्नेछ।

 

सम्बन्धित समाचार

सबै