‘काजी’को पहिलो गीत ‘वारि बर पारि पीपलु’ सार्वजनिक, विपीन–केकी किसान अवतारमा

0 Shares

काठमाडौं । आगामी नेपाली फिल्म काजी को पहिलो गीत ‘वारि बर पारि पीपलु’ सार्वजनिक गरिएको छ। निर्माण टिमले काठमाडौंमा एक कार्यक्रम आयोजना गर्दै गीत सार्वजनिक गरेको हो।

गीतमा चर्चित संगीतकार काली प्रसाद बास्कोटा को शब्द तथा संगीत रहेको छ। गीतमा स्वर गांगा सोनामकरण परियार ले दिएका छन्। दुवै गायक नेपाल आइडलका विजेता हुन्।

पतिपत्नीबीचको प्रेम कथामा आधारित गीतको भिडियोमा अभिनेता विपीन कार्की र अभिनेत्री केकी अधिकारी किसानको भूमिकामा देखिएका छन्। भिडियोमा उनीहरूको प्रेमिल दैनिकी, बिहानको पूजाआजा र खेतबारीमा काम गर्ने दृश्यहरू समेटिएका छन्।

रिजाल एन्ड रिजाल प्रोडक्सन को प्रस्तुति रहेको फिल्मलाई लक्ष्मण रिजाल ले निर्देशन गरेका हुन्। फिल्ममा केकी र विपीनसँगै गरिमा शर्मा, हेमन्त बुढाथोकी, प्रकाश घिमिरे, विशाल पहारी, हिउँवाला गौतम, अनुराग कुँवर, सन्दीप बाबु लोहानी, विनोद न्यौपाने, रश्मि भट्ट, प्रीतिका शर्मा, प्रशंसा सुबेदी, नवराज गिरी लगायत कलाकारको अभिनय रहेको छ।

बाल कलाकारका रूपमा दिक्षिता अर्याल, आरव बरालसुपला सापकोटा पनि फिल्ममा देखिनेछन्।

निर्माण टिमका अनुसार फिल्म भावनात्मक तथा सामाजिक कथामा आधारित छ। फिल्मले मानवीय सम्बन्ध, माया, पीडा र जिम्मेवारीका विभिन्न पाटालाई उजागर गर्ने प्रयास गर्नेछ।

फिल्म आगामी जेठ ८ गतेदेखि देशभर प्रदर्शन हुनेछ। कथा लेखन प्रदीप भारद्वाज ले गरेका हुन् भने छायांकन राजभण्डारी ले गरेका छन्।

फिल्ममा संगीत काली प्रसाद बास्कोटाको, प्रोडक्सन डिजाइन ओजस्वी ओझा को, रंग संयोजन श्याम कुँवर को तथा पार्श्व संगीत सुजिल कर्माचार्य को रहेको छ। नृत्य निर्देशन कविराज गहतराज ले गरेका छन् भने प्रोडक्सन हेडमा प्रकाश हमाल रहेका छन्।

सम्पादन सुपरभाइजर बनिश शाह र सम्पादक विपीन मल्ल हुन्। फिल्मका कार्यकारी निर्माता असिम काफ्ले हुन् भने निर्मातामा राम प्रसाद रिजाल, नेहान रिजालविकाश राज जोशी रहेका छन्।

सम्बन्धित समाचार

सबै