‘फेरी रेशम फिलिली’ फागुन १४ मा, पोस्टरमा यस्तो देखिए विनय र सुपुष्पा

0 Shares

‘रेशम फिलिली’ सिनेमाको सिक्वल ‘फेरी रेशम फिलिली’ले आफ्नो रिलिज मिति घोषणा गरेको छ । घोषणा अनुसार सिनेमा फागुन १४ गते रिलिज हुनेछ । आइतबार एक पोस्टर सार्वजनिक गर्दै उसले आफ्नो रिलिज मिति तोकेको हो ।

सार्वजनिक पोस्टरमा मुख्य अभिनेता विनय श्रेष्ठ र अभिनेत्री सुपुष्पा भट्टलाई प्रस्तुत गरिएको छ ।

पोस्टरमा अभिनेता विनयलाई अघिल्लो सिक्वलकै शैलीमा देख्न सकिन्छ भने अभिनेत्री सुपुष्पाले मुस्कुराउँदै हातमा रातो गुलाब लिएको देखाइएको छ।

सो पोस्टरमा विनय आकाशतिर हेर्दै हात जोडिरहेको अवस्थामा छन् । पोस्टरमा उनीहरुबीचको प्रेमाभाव देख्न सकिन्छ  ।

यो सिक्वललाई नयाँ निर्देशक निरोज महर्जनले निर्देशन गरेका हुन् । सिनेमामा विनय र सुपुष्पाका अलावा नीर शाह, कामेश्वर चौरासिया, प्रकाश घिमिरे, शिशिर वाङ्गदेल, रविन्द्र झा, लक्ष्मी गिरी, महेश त्रिपाठी, एवनराज उप्रेती, मेक्सम गौडेल, प्रकाश घिमिरे, सजन थापा लगायतको अभिनय छ ।

रौनक विक्रम कँडेल निर्मित सिनेमाले आफ्नो अघिल्लो श्रृंखलाझै दर्शकलाई हसाउँने विश्वास गरिएको छ। रिलिज भोलिपल्ट नै महाभूकम्प गएकाले रिलिज स्थगिथ हुन पुगेको सिनेमाले रिरिलिजमा उल्लेख्य साथ पाएको थियो ।

सुरज बम ठकुरी कार्यकारी निर्माता रहेको सिनेमामा सुसन प्रजापतीको छायांकन, निर्देशक महर्जन र आकाश बरालको पटकथा, नरेश किङ्ग योगीको द्वन्द्व निर्देशन तथा कालीप्रसाद बाँस्कोटा, एसडी योगी, हर्क साउद, जयन जे वाइवा र दीपक शर्माको संगीत तथा सुरेन्द्र पौडेलको सम्पादन रहेको छ ।

सिनेमा आर्टस्को प्रस्तुति र वि मोसन पिक्चर्सको सहकार्यमा निर्माण भएको सिनेमाको सह-निर्माता एनी थापा हुन् ।

सिनेमालाई गोविन्द शाहीको काफिया फिल्मस् र कुवेर सिने डिष्ट्रीव्युसनले वितरण गर्दैछन् ।

 

सम्बन्धित समाचार

सबै