पाँचौँ नेपाल ग्रामीण चलचित्र महोत्सवमा नाजीर र सुरक्षा उत्कृष्ट, फिल्मतर्फ ‘मोहर’

0 Shares

सर्लाही । पाँचौँ नेपाल ग्रामीण चलचित्र महोत्सवमा चलचित्र ‘मोहर’ उत्कृष्ट फिल्म घोषित भएको छ। महोत्सवमा अभिनेता नाजीर हुसेन उत्कृष्ट अभिनेता र अभिनेत्री सुरक्षा पन्त उत्कृष्ट अभिनेत्री घोषित भएका छन्।

सेलिब्रेटी नेपालको आयोजनामा, चलचित्र विकास बोर्ड र चन्द्रनगर गाउँपालिका सर्लाहीको सहकार्यमा नाढीमन ताल क्षेत्रमा महोत्सव सम्पन्न भएको हो।

तीन दिनसम्म चलेको महोत्सवमा १७ वटा चलचित्र प्रदर्शन गरिएका थिए। साथै, विभिन्न जातजातिका परम्परागत पहिरनसहित झाँकी प्रदर्शन, मधेशका कथा र पर्यटनलाई केन्द्रमा राखेर संवाद कार्यक्रमहरू पनि आयोजना गरिएको थियो।

आयोजकका अनुसार पहिलो पटक मधेश प्रदेशमा आयोजना गरिएको यो संस्करणले ग्रामीण क्षेत्रमा नेपाली चलचित्रको प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्‍याएको छ।

कार्यक्रम सेलिब्रेटी नेपालका अध्यक्ष रघुनाथ सापकोटाको अध्यक्षतामा सम्पन्न भएको हो।

प्रमुख अतिथिका रूपमा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डी.सी. सहभागी थिए। कार्यक्रममा निर्माता छविराज ओझा, हरिवन नगरपालिकाका प्रमुख कमल बुढाथोकी र हरिपुर नगरपालिकाका प्रमुखलगायत विशिष्ट अतिथिहरूको उपस्थिति रहेको थियो।

महोत्सवका  अवार्ड विजेता

  • उत्कृष्ट फिल्म – मोहर
  • उत्कृष्ट निर्देशक – ओम प्रतीक गुरुङ (मोहर)
  • उत्कृष्ट अभिनेता – नाजीर हुसेन (गुन्युचोलो)
  • उत्कृष्ट अभिनेत्री – सुरक्षा पन्त (कोशेढुंगा)
  • उत्कृष्ट पटकथा – समुन्द्र भट्ट / नाजीर हुसेन (गुन्युचोलो)
  • जुरी अवार्ड – मिलन तामाङ (माइतीघर)
  • इन्करेजमेन्ट अवार्ड – मन्जिल कुमार (कोशेढुंगा)
  • उत्कृष्ट सम्पादन – नहकुल खड्का (कोशेढुंगा)
  • उत्कृष्ट छायाँकार – बाबु श्रेष्ठ (कोशेढुंगा)
  • उत्कृष्ट आदिवासी फिल्म – नाक्छोंग (निर्देशक: किरण राई)
  • उत्कृष्ट छोटो फिल्म – निलो आकाश (निर्देशक: निर्मल पौडेल)

आयोजकहरूले महोत्सवले ग्रामीण भेगमा नेपाली चलचित्रको विस्तार, नयाँ प्रतिभा पहिचान र सांस्कृतिक कथावस्तु प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेलेको बताएका छन्।

सम्बन्धित समाचार

सबै