0
Shares
वैशाख ११ गते रिलिज भएको नेपाली फिल्म ‘परालको आगो’ले ९ दिनमा ग्रस कलेक्सनतर्फ करिब ३ करोड १२ लाख १७ हजार ९३ रुपैयाँ कमाएको छ।
फिल्मले हालसम्म कुल १ लाख १० हजार ४ सय ४२ वटा टिकट बिक्रीबाट उक्त रकम संकलन गरेको हो। यो तथ्याङ्क शनिबारसम्मको हो।
करिब २ करोड रुपैयाँको लागतमा निर्माण भएको फिल्मले घरेलु हलबाट मात्र लगानी उठाउन कम्तीमा ५ करोड रुपैयाँ ग्रस व्यापार गर्नुपर्ने अनुमान गरिन्छ।
फिल्मका निर्माता सुसिल पोखरेल ले डिजिटल अधिकार, ब्रान्ड साझेदारी र ओभरसिज वितरणबाट लगानी सुरक्षित भइसकेको र केही नाफासमेत भएको बताइसकेका छन्।
फिल्मलाई लक्ष्मण सुनार ले निर्देशन गरेका हुन्। फिल्ममा सुहाना थापा, प्रकाश सपुत, सरोज खनाल र सृजना अधिकारी लगायतको प्रमुख भूमिका रहेको छ।
