आफूहरुमाथि साइबर बुलिङ भएको भन्दै टिकटकबाट हराएका टिकटकर जोडी आयुषसिंह ठकुरी र एलिजे जमाली पुनः टिकटकमा फर्किएका छन् ।
उनीहरु मंसिर २४ गते सो प्लेटफमबाट डिएक्टिभ बनेका थिए ।
दुई साताअघि आयुषले नयाँ घर किनेको खबर सार्वजनिक भएपछि उनकी आमा नानुसिंह ठकुरीसँगको विवाद छताछुल्ल भएपछि आयुष सामाजिक संजाल प्रयोगकर्ताबाट आलोचित बनेका थिए। सो आलोचनाको ग्राफ अत्यन्त बढि भएपछि यो जोडीले आफूहरुको एकाउन्ट अचानक निस्क्रिय बनाएका थिए ।
टिकटकमा ठकुरीका १३ लाख र पाकिस्तानकी जमालीका २२ लाखले फ्लोअर्स छन्। हाल यी दुबैले इन्गेजमेन्ट गरिसकेका छन् ।
दुबई बस्दै आएका यी दुईले केही महिनाअघि इन्गेजमेन्ट समेत गरेका हुन् ।
टिकटकमा फर्किएसँगै उनीहरु लाइभमा आउन थालेका छन् भने केही भिडियो पोस्ट समेत गरेका गरिसकेका छन् ।
एलिजे र आयुष पछिल्लो समय नेपालका चर्चित टिकटकरमा पर्छन्। विशेषगरी किशोर उमेरका र युवाहरु उनीहरुका प्रशंसक रहेका छन् ।