पल र विपनाको ‘आ बाट आमा २’ को शुभमुहूर्त, दसैंमा प्रदर्शन तयारी

0 Shares

काठमाडौं — आगामी नेपाली फिल्म ‘आ बाट आमा २’ को औपचारिक शुभमुहूर्त सोमबार बिहान पाटन बंगलामुखी मन्दिरमा सम्पन्न गरिएको छ। फिल्मको निर्माण टिमले स्क्रिप्ट पूजा गर्दै निर्माण कार्यलाई औपचारिक रूपमा अघि बढाएको हो।

यो फिल्म अघिल्लो वर्षको सुपरहिट ‘आ बाट आमा २’ को सिक्वेल हो। सिक्वेलमा पनि मुख्य कलाकारहरू पुनः दोहोरिएका छन्, जसमा पल शाह, विपना थापा, प्रदीप रावतगजित बिष्ट रहेका छन्।

यसपटक नयाँ कलाकारका रूपमा आकाश श्रेष्ठनरेन खड्का पनि फिल्ममा जोडिएका छन्।

निर्देशक चन्द्र पन्त का अनुसार फिल्मका केही कलाकारहरू अझै छनोटको प्रक्रियामा छन् र अभिनेत्रीहरूको अन्तिम चयन पनि बाँकी रहेको छ। उनका अनुसार केही दिनमै सम्पूर्ण कलाकार टिम फाइनल गरिनेछ।

चन्द्र पन्त ले फिल्मको छायांकन तालिका पनि छिट्टै टुंगो लाग्ने बताए। उनले अहिले कलाकार तथा प्राविधिक टिम चयनको काम तीव्र रूपमा भइरहेको जानकारी दिए।

निर्माण टिमले करिब एक महिनाअघि नै यो फिल्मलाई आगामी दसैंमा प्रदर्शन गर्ने घोषणा गरिसकेको छ। निर्देशक पन्तका अनुसार ‘आ बाट आमा २’ यसपटक पनि दसैंमै हलमा रिलिज हुने तयारीमा छ।

फिल्मको कथा तथा पटकथा स्वयं चन्द्र पन्त ले लेखिरहेका छन्।

वितरण अधिकार आर आर फिल्मस् ले लिएको छ भने डिजिटल अधिकार ओएसआर डिजिटल सँग रहेको छ।

आर्या इन्टरटेन्मेन्ट प्रा.लि.को ब्यानरमा निर्माण भइरहेको फिल्मको प्रोडक्सन म्यानेजर करणसिंह रसाली रहेका छन्।

सम्बन्धित समाचार

सबै